देउवाले ३४ वर्षअघि लगेको किताब फिर्ता नदिएको गुनासो


काठमाडौं-  नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीकी धर्मपत्नी भारती सिलवालले शेरबहादुर देउवाले लगेको किताब अझैसम्म फिर्ता नदिएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई उक्त पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।

सिलवालले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् । उनले किताब नदिनू भनेर आग्रह गरे पनि श्रीमान् प्रदीपले लैजान देऊ भनेको स्मरण गरिन्।  ‘किताब किन लैजान लागेको दिनुस् त मलाईं  म आध्यात्मिक पढ्दै छु भनेँ । पीजेले छाड्देउ लान देउ भन्नुभयो’ उनले भनिन्, ‘आई थिङ्क ‘द लास्ट फ्रिडम’ कि के थियो त्यसको नाम । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो । छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ । उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु।’

उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै हाँसेका थिए ।

 

 

प्रतिक्रिया