

कोलोराडोमा अन्धाधुन्ध गोली चल्याे, एक प्रहरीसहित १० जनाको मृत्यु

कोलोराडो – अमेरिकाकाे कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ।
कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो ।
स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
घटनालगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिइएको जानकारी गराएकाे छ ।
ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए । बीबीसी

