परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशङ्करबीच के भयाे कुराकानी ?


काठमाडाैं- भारतको नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । आज दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा राणालाई स्वागत गरेका थिए ।

सो भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको डा राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री राणा हाल भारत भ्रमणमा रहेकी छन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो ।

प्रतिक्रिया