भारत उडिन् परराष्ट्रमन्त्री राणा


काठमाडाै.- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आइतबार बिहान परराष्ट्रमन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम गर्नेछन् ।

विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया