किन मध्यरातमा पशुपति कोटीहोम स्थल गएको थियो प्रहरी ?


काठमाडौं- शुक्रबार राति पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा प्रहरी प्रवेश गरेको थियो ।

काठमाडौं प्रहरी परिसरबाट प्रहरीले कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिको खोजी गरेका थिए । त्यसपछि आफुलाई समात्न आएको भन्दै उनले विवास्पद अभिव्यक्तिसहित फेसबुक लाइभ गरेका थिए । उनले बंगलादेश जस्तै बनाउने धम्की समेत दिएका छन् ।

प्रहरीको नक्कली चारित्रिक प्रमाण पत्र बनाएको आरोपमा उनीमाथि छानबीन चलिरहेको थियो । सोही आरोपमा पक्राउ गर्न प्रहरी त्यहाँ पुगेपनि उनले भने आफूले हिन्दुराष्ट्रको माग गरेकाले पक्राउ गर्न खोजिएको आरोप लगाएका छन् ।

ठगी मुद्दामा दोषी प्रमाणित भएर जेल सजाय भुक्तानीसमेत गरेका कृष्णमुर्तिले  प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ ।

चारित्रिक प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरिक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ । जिल्ला अदालत र उच्च अदालत काठमाडौंले दोषी करार गरि सजाय समेत निर्धारण गरि कैद बसेका भण्डारीलाई प्रहरीले कुनै आपराधिक रेकर्ड नै नभएको प्रमाण दिएको भेटिनु शंकास्पद मानिएको छ । सोही विषयमा सोधपुछ गर्न प्रहरीले कृष्णमुर्तिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, त्यहाँ उपस्थित उनका समर्थकले प्रहरीलाई सफल हुन दिएनन् ।

प्रतिक्रिया