नेकपा एससँग एकताको लागि छलफल भैईरहेको छ : सापकोटा


काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनिभूत छलफल भइरहेको जनाएको छ ।

स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको बताए ।

उनले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ । त्यसका लागि बृहत् वामपन्थी एकीकरण आवश्यक छ । कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ । हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन । अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ ।’

मोर्चालाई प्रभाकारी बनाउनको लागि अहिले कार्यदल काम गरिरहेको बताए । उनले थपे, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको छ ।’

प्रतिक्रिया