सामाजिक सञ्जालकाे दुरुपयोग गर्नेमा प्रहरी पनि, एसएसपीसहित ९२ जनामाथि कारबाही


काठमाडाैं-  पछिल्लो समय सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन् ।

त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही भएको तथ्यांकमा उल्लेख छ ।

उनीहरुमाथि पोशाक लगाएर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको, अवाञ्छिन च्याट गरेको, हतियार प्रदर्शन गरेको, राजनीतिक स्टाटसमा कमेन्ट गरेको वा लाइक गरेको लगायतका आरोप लागेका थिए । सोही आरोप पुष्टिपछि उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया