स्पष्टीकरण दिँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् । ढकाललाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा माग गरेका हुन् ।

उनले भनेका साभापति लामिछोनेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?, आफ्ना पासपोर्टका सबै पानाहरु सार्वजनिक गर्ने आँट छ ? र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् ।

ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए । ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते पुनः ढकाललाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया