उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


काठमाडौं- उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । पर्वत  घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए ।  उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

प्रतिक्रिया