‘समानुपातिक सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ’


काठमाडाैं- प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक सिटमा आफन्तलाई ल्याउन नहुने बताएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन् ।

‘समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ,’ सभापति खतिवडाले भने, ‘राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।’

संविधानले परिकल्पना गरेअनुरूप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया