


मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, सोधियाे २४ घण्टे स्पष्टीकरण

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत बर्खास्त गर्ने प्रक्रिया थालेको छ । यसका लागि ढकाललाई रास्वपाले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको हाे ।
“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ ।

