सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, कतिमा हुँदैछ त कारोबार ?
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।
यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।