देशभर हैजा संक्रमितको संख्या ५० पुग्याे, सबैभन्दा धेरै ललितपुरमा


काठमाडाैं- पछिल्लो समय देशमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको हो । जसमध्ये ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।

त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया