१७ मुलुकका लागि सिफारिस राजदूतहरूको सूची संसद् सचिवालयमा पठाईयो


काठमाडौँ – सरकारले राजदूत सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाइको लागि आइतबार संसद्‌को सार्वजनिक सुनुवाइ समितिमा पठाएको छ ।

मन्त्रिपरिषद्को साउन १४ मा बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम भने संसदीय समितिमा पठाइएको छैन । परराष्ट्र मन्त्रालयमार्फत १७ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम आएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया