ठुलीभेरीमा जल बहाब बढ्यो, सतर्क रहन आग्रह


रुकुमपश्चिम- अविरल बर्षाका कारण ठुलिभेरी नदीको बहाव अत्याधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई विशेष अनुरोध गरिएको छ ।

नदीको बहाव करिब ६ फिट बढेको छ । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका अनुसार लगातार पानी परिरहेकाले नदी बहाव थप बढ्ने सूचना प्राप्त भएको बताए । नदीको बहाव उच्च हुँदा तटीय क्षेत्रमा बढी क्षति हुनसक्ने उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ । प्रहरीले नदीमा माछा मार्ने, काठ दाउरा संकलन गर्नेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया