

मौनता तोड्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट्न समय माग्नुको कारण

काठमाडौं– सभामुख अग्नी सापकोटाले भेटवार्ता गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान समय माग गरेका छन्। तर प्रधानमन्त्री ओलीले भने भेट्ने मिति तय गरिसकेका छैनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि विदा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट भएका बेला सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग समय माग गरेका हुन्।
प्रतिनिधि सभामा सरकारले ल्याएका बिजनेश अघि बढेका छ्रनन्। ति सबै बिजनेशलाई अगाडि बढाउने परामर्शका लागि समय माग गरेको सापकोटाले बताएका छन्।
सभामुख सापकोटासँग प्रधानमन्त्री ओली रुष्ट छन्। प्रतिनिधि सभा विघटनको निर्णयपछि सरकारविरुद्ध नै उजुरी बोकेर अदालत पुगेको भनी सभामुखको सार्वजनिक मञ्चमा नै ओलीले आलोचना गर्दै आएका छन्।
त्यसयता कतिपय कार्यक्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाको राम्रो बोलचाल पनि भएको थिएन।

