सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान


कैलाली – सुदूरपश्चिम प्रदेश सभाका प्रमुख नजिर मियाँले पाँचौं अधिवेशन बोलाएका छन् ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान बोलाएका हुन् ।

मियाँले पाँचौं अधिवेशनको पहिलो बैठक आईतबार दिउँसो २ बजे बस्ने गरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालू आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् । यसअघि निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकी निष्क्रिय भइसकेको छ ।

प्रतिक्रिया