विपद्‌मा परी १७० जनाको मृत्यु


काठमाडौं- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी शुक्रवार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

ती घटनाहरुमा २०३ जना घाइते भएका छन्। यस्तै ४८ जना बेपत्ता भएका छन् । बाढीका कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २ सय ७० वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

कुल ७ सय ६४ वटा पशु चौपाय मरेको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ९७ घर परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया