धादिङका तीन बालिका दुई दिनदेखि बेपत्ता


धादिङ- निलकण्ठ माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन बालिकाहरुमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनीहरुका अभिभावकले बताएका छन् ।

नीलकण्ठ नगरपालिकास्थित–३ का ती बालिकाहरू बुधबार बिहान दश बजे विद्यालय गएका र त्यसपछि घर नआएपछि उनका अभिभावकहरूले खोजी गरेका छन् ।

तीनै बालिकाहरूलाई खोजी गरिदिन उनीहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका छन् ।   उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

 

प्रतिक्रिया