त्रिभुवन विमानस्थलबाट उड्नै लागेको श्री एयरलाइन्सको जहाज किन ‘रनवे’बाट फर्कियाे ?


काठमाडौं–  शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उड्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान-एसएजए १२१ धावनमार्गबाट फर्किएको छ । शुक्रवार बिहान साढे ७ बजेको विमान रनवेबाट ‘टेकअफ’को अन्तिम प्वाइन्टमा पुगिसकेको थियो । तर, एक्कासी विमान फर्काइएकाे थियाे ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार विमान भित्र केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएकाे बताए ।  दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले जहाज फर्काएकाे उनले बताए । पछि करिब १० बजेको समयमा सोही विमानले यात्रुहरुलाई बोर्डिङ गराएर सुर्खेततर्फ उडान गरिसकेकाे छ ।

प्रतिक्रिया