यस्तो छ काँग्रेसले जनप्रतिनिधि कार्यसम्पादनको लागि जारी गरेको निर्देशिका
काठमाडौँ – नेपाली काँग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ ।
पार्टीको मुख्यालय बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।
२९ बुँदे निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशिका ल्याइएको हो ।