गृहजिल्लामै गृहमन्त्री लेखकको पुत्ला दहन ! (भिडियोसहित)
कञ्चनपुर – गृहमन्त्री रमेश लेखकको गृहजिल्लामा नै पुत्लादहन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोध गर्दै उक्त पार्टीको नवौं महाधिवेशन आयोजक समितिले बिहीबार साँझ गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।
महाधिवेशन आयोजक समितिका सदस्य किशोर कुँवरलाई सादा पोशाकका प्रहरीले बुधबार पक्राउ गरेको जनाउँदै मानवअधिकारको गम्भीर उल्लंघनसहित मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको हनन् गरिएको भन्दै गिरफ्तारीप्रति भत्र्सना गर्दै तत्काल रिहाईका लागि माग गरिएको छ ।