

सरकारको मन्त्रिपरिषद्को बरियता हेरफेर, पर्यटनमन्त्री पाण्डेको २ स्थान बढुवा

काठमाडौं — केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्यमा वरीयता हेरफेर गरिएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई १४औं नम्बरबाट १६औं मा पुर्याइएको छ । उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् ।

