प्रधानमन्त्री ओली नेपाल–भारत बीचको फाइनल खेल हेर्न जाने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन् । प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उनको सचिवालयले जनाएको छ।

नेपाल र भारतबीचको फाइनल खेल दशरथ रङ्गशालाको कभर्डहलमा बुधबार साँझ पाँच बजे सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ ।

यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । नेपाल र भारतबीचको फाइनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया