सांसद सिंहद्वारा एक वर्षको तलब आँखा अस्पताललाई प्रदान


काठमाडौं- राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन् ।

सांसदमा निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा सांसद सिंहले नेत्र विशेषज्ञ डा। सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा थप ३ लाख ८७ हजार थपेर आँखा अस्पताललाई हस्तान्तरण गरेको सिंहले बताए ।

जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उनले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको उनको भनाई छ  । सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रतिक्रिया