

प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न कभर्ड हल जाने

काठमाडौं — प्रधानमन्त्री केपी ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन् ।
उपाधिका लागि नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा दिउँसो सवा ४ बजे भारतसँग खेल्दैछ ।
नेपालले सेमिफाइनलमा इरानलाई हराउँदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।
लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।

