मुग्लिङ नजिकै सुख्खा पहिरो, मुग्लिङ-काठमाडाैं यातायात अवरूद्ध


मुग्लिङ – चितवनको मुग्लिङबाट कुरिनटार तर्फ नाग्दी खोला नजिको सुख्खा पहिरो जाँदा काठमाडाैं जाने र  काठमाडाैंबाट आउने सडक अवरूद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा सुख्खा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । ।

प्रहरीका अनुसार पहिरोका कारणा दुईतर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखराको सडक भने सामान्य रहेको जनाइएको छ ।

 

प्रतिक्रिया