दुई सचिवको सरुवा स्वीकृत


काठमाडौँ – सरकारले दुई जना सचिवको सरुवा सहमति स्वीकृत गरेको छ ।

मंगलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्दै त्यहाँका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

न्याय सेवा आयोगले १५ गते बिहीबार दुई सचिवको सरुवा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सोही सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

यससँगै आजै बढुवा भएका आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङ्गानालाई क्रमशः कानुन सेवा आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरिएको छ ।

 

 

 

प्रतिक्रिया