पछिल्लो २४ घन्टामा १९५४ संक्रमित थपिए


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशभर ८२४८ को पीसीअर परिक्षण गर्दाखेरी उक्त संख्यामा संक्रमित देखिएका हुन् ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६२ हजार तीन सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ जना रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।

गत २४ घन्टामा काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट २९८१ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

प्रतिक्रिया