

राष्ट्रपतिको सम्पुर्ण जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा उनको सम्मपुर्ण जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई सुम्पिएको छ ।
राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकीले उनको अनुपस्थितिमा उनबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।
राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।

