देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ , सबैभन्दा बढी उपत्यकामा


काठमाडौं- मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा ८ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

 

 

प्रतिक्रिया