

एमालेमा नेपाल समूहमा उभिने समानुपातिक सांसद कति छन् र को–को हुन्?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसद हटाउन सक्ने अधिकार आफूमा राखे पनि एमालेका १२ जना सांसद माधवकुमार नेपाल–झलनाथ खनाल समूहमा खुलेका छन्।
प्रधानमन्त्री समेत रहेका ओलीले कारबाही गरे पनि केही फरक नपर्ने भन्दै उनीहरू नेपाल समूहमा खुलेका हुन्। ४१ जना समानुपातिक सांसद एमालेबाट प्रतिनिधि सभामा सदस्य रहेका छन्।
ति मध्ये पहिलो नम्बरमा खुल्ने रामकुमारी झाँक्री हुन्। उनी ओलीको बिरोधमा खरो उत्रिएकी नेत्री हुन्।
झाँक्रीसँगै बिना बुढाथोकी मगर, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, लक्ष्मीकुमारी चौधरी, गंगा चौधरी सत्गौवा, निरादेवी जैरु, पार्वतीकुमारी विसुङ्खे, पुष्पाकुमारी कर्ण यादव, सरलाकुमारी यादव, कालिला खान र समिना हुसेन नेपाल समूहमा खुलेका हुन्।
नेपाल समूहले गरेका समानान्तर बैठक र भेलामा उनीहरू सहभागी हुँदै आएका छन्।

