

पटकपटक विद्युत अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

महोत्तरी — महोत्तरीमा विद्युत प्राधिकरणले पटकपटक लाईन काटेपछि आन्दोलित भएका छन् ।
पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पूर्व—पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन् ।
स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा विद्युत् प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए ।
व्यापारीहरुले शनिबार यो विषयमा उद्योग वार्णिय संघ बर्दिवाससँग पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले वताए ।
यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत् अवरुद्ध भएको बताए ।

