जोखिममा पर्ने घरको क्षतीपूर्तीबारे सरकार सकारात्मक छ: मन्त्री दाहाल


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताएका छन् ।

बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतीपूर्ती दिने भन्दै जग्गाको विषयमा भने अलि विवाद भइरहेको बताए ।

उनले भने, ‘जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर के गर्ने भनेर निष्कर्ष निकालेका छौँ । त्यसको क्षतीपूर्ती दिने बारेमा हामी एकदमै सकारात्मक छौँ । क्षतीपूर्ती दिनुपर्छ भनेर मानसिकता पनि बनाइसकेको अवस्था छ । घरको हकमा क्षतीपूर्ती दिने कुरा भएको छ तर जग्गाको विषयमा भने अलि विवाद रहेको हुनाले त्यसबारे छलफल गर्दैछौँ ।’

उनले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोल विद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेको बताए ।

प्रतिक्रिया