

नयाँ बसपार्कमा बसभित्रै युवकको शव भेटिएपछि…

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा बसभित्रै युवकको शव भेटिएको छ ।
बसपार्कभित्र पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरी इटहरी उपमहानगरपालिका–१३ का ३७ वर्षीय प्रल्लाद अधिकारीको शव भेटिएको हो ।
केही महिना अगाडिदेखि नै पार्किङ गरेर राखेको बसभित्र मंगलबार शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले काजपत्रलाई बताएका छन् ।
अधिकारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको प्रवक्ता अधिकारीले बताए ।

