त्रिशुलीमा बेपत्ता यात्रु र बस खोज्न चीनको सहयोग माग्दै सरकार


काठमाडौं — त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग पनि सहयोग माग्ने भएको छ ।

गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । बस खसेको लामो समयसम्म पनि बस र ३८ यात्रुको अवस्था अज्ञात रहेकोले सरकारले चीनको सहयोग माग्ने भएको हो ।

नारायणघाट–मुग्लिन सडकअन्तर्गत सिमलतालमा २८ असारमा लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया