माओवादी बैठक : आज प्रचण्डले जवाफ दिने


काठमाडौं – नेकपा माओवादी केन्द्रको बैठकमा पदाधिकारीहरुले उठाएका प्रश्नको जवाफ आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने भएका छन् ।
शुक्रबारबार जारी बैठक आज सकिने बताइएको छ ।
बोल्ने सबै नेताहरुले अहिले सत्ता बाहिर हुँदा पार्टी निर्माणको अवसर प्राप्त भएको धारणा राखेका थिए ।
सरकारले गरेको राम्रो काम जनतामाझ लैजाँदै अब एकजुट भएर जनतामाझ जानुपर्ने नेताहरुको सुझाव छ ।
नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया