मलेखुमा यात्रुलाई बासी खानेकुरा बिक्री गरेपछि दुई लाख जरिवाना


काठमाडौं– मलेखुमा होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने एक होटललाई २ लाख जरिवना गरिएको छ ।
धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख जरिवाना गराइएको हो ।
खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ग्राहकलाई गालीगलौज समेत गरेका थिए ।
खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको हो । जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।

प्रतिक्रिया