पहिरोले नागढुङ्गा नौबिसे सडकखण्ड अवरुद्ध


धादिङ – अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ।

धुनीवेशी नगरपालिकास्थित वडा नम्बर-९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएकाे छ।

लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया