पुष्कर खतिवडालाई थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ – सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । काठमाडौँ प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
चार दिनअघि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।