आफन्तलाई ढाटेर प्रेमीसँग गेष्ट हाउस पुगेकी दिक्षाको मृत्यु, प्रेमी आईसीयुमा


ललितपुर – ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको शुक्रबार मृत्यु भयो ।

ललितपुरकै डुकुछाप घर भै हाल सातदोबाटोमा बस्दै आएका सन्दिप विकसँग उनी ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा पुगेकी थिइन ।

प्रहरी परिसर ललितपुरका प्रमुख एसएपी शेखर खनालका अनुसार उनीहरु राती ८ बजे होटल पुगेका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले होटलबाट अर्डर गरेर केही पनि खाएनन् ।

उनीहरुले आफैले छ्याङ लगायत मादक पदार्थ बोकेका थिए । दुवैले खाए ।

बिहानपख सास फेर्न गाहे भएको बताएपछि उनीहरुलाई होटल व्यवस्थापनले अर्को कोठामा सारेको खुलेको एसएसपी खनालले बताए ।

अर्को कोठामा बसेपछि उनीहरुले कागती पानी पिए । फेरिपनि समस्या भएपछि होटल सञ्चालकले युवतीलाई अचेत अवस्थामा बि एण्ड बि अस्पतालमा लगे । उपचारकै क्रममा बिहान मृत्यु भयो ।

उनीहरुले श्रीमान–श्रीमती भनेर इन्ट्री गरेको तर प्रेमी–प्रेमिका रहेको खुलेको छ । उनीहरुबीच एक वर्षदेखि चिनजान रहेको खुलेको छ ।

मृतक युवती ३ दिन पहिले काठमाडौं आफन्तकोमा आएका थिइन । बिहीवार साथीलाई भेट्न जान्छु भन्दै निस्कीएको खुलेको प्रहरीले जनाएको छ ।

युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ । युवकको अवस्थामा जटिल बन्दै गएपछि उनको आइसीयुमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक युवतीको शरीरमा कुनै चोटपटक देखिएको छैन ।

उनीहरुले खाएको खाना समेत प्रहरीले परिक्षणका लागि लिएको छ ।

पोष्टमार्टम रिपोर्टबाट आइसकेको छैन् । रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरी बुझाई छ ।

प्रतिक्रिया