सांसदको भ्रमण भत्ता अत्यन्तै कम भएको समिति सभापतिहरुको टिप्पणी, परिमार्जन गर्न माग


काठमाडौं – समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता अत्यन्तै न्यून भएको टिप्पणी गरेका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता न्यून भएको भन्दै भत्ता बढाउनुपर्ने माग राखेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिसँग छलफल गरेका थिए । छलफलमा सभापतिहरुले सांसदको भ्रमण भत्ता अत्यन्तै न्यून भएकाले काठमाडौं बाहिर अध्ययनमा जानै समस्या भएको बताएका हुन् ।

यो विषयमा सभामुख सापकोटाले अध्ययन गर्ने जवाफ फर्काएका छन् । सांसदहरुलाई अहिले भ्रमण भत्ता २५ सय दिने व्यवस्था छ । यो रकम कम भएका कारण समितिलाई अध्ययनमा निस्कन समस्या हुने गरेको अर्थ समितिका सभापति कृष्ण दाहालले बताए ।

‘समिति अध्ययनमा बाहिर जान पर्यो भने पैसाको समस्या छ । बस्ने, खाने सबैका लागि २५ सय दिइन्छ, अरु अश्र मतलब छैन्’ दाहाल भन्छन्, ‘भ्रमण भत्ता कम भएकै कारण समिति सचिवालयले सांसदहरुलाई भ्रमणमा लैजान खोज्दैन । त्यसकारण भ्रमण भत्ता परिमार्जन गर्नपर्यो भनेर राख्यौं ।’ यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा समेत आफूले सुझाव राखेको दाहालले बताए ।

 

प्रतिक्रिया