यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ


काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुईजना नेपालीले सफाइ पाएका छन् । सफाइ पाउनेमा ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा रहेका छन् ।

उनीहरुले गएको बुधबार युएईको अदालतबाट सफाइ पाएका हुन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार युएईको जेलबाट रिहा भएका हुन् ।

श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण युएईमै छन् ।

प्रतिक्रिया