पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै सचिवले गुहारे प्रशासन


काठमाडाैं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीविरुद्धमा उजुरी परेको छ । आफूलाई कुटपिटको धम्की दिएको भन्दै सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले मंगलबार  जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।

भुक्तानीको विषयलाई लिएर  पूर्वमुख्यमन्त्री कार्कीले हिजो (सोमबार) ४ बजेर ५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

सचिव भट्टराईका अनुसार कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिएका थिए । तर आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानीको लागि सहमति दिएको थिएन ।

विराटनगरमा भएको विराट गोल्डकपको बजेट व्यवस्थापन गर्न नसकेको भन्दै धम्की दिएको भनेर उजुरी आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  बताए ।

तर, पूर्वमुख्यमन्त्री कार्कीले भने आफूविरुद्ध गलत प्रचार गरेकाले सम्झाएको बताएका छन् ।

 

प्रतिक्रिया