भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
काठमाडौं- भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।