बिहे गरेको ३ मिनेटमै डिभोर्स !


काठमाडाैं- विवाहित जोडीबीच कयौंपटक झगडा हुने गरेको छ ।  यस्ता विवाद ठूला भएपछि विवाह लामो समयसम्म टिक्दैन । यसबाहेक धेरैले विवाह गरेको दशकौंपछि पनि एकैपटक यो बन्धन तोड्छन् । तर, कुनै जोडीले एकै दिनमै विवाह गरेर सम्बन्धविच्छेद गरेको तपाईंले कमै सुन्नु भएको होला ।

कुवेतको हालैको घटना यस्तै छ । जहाँ विवाह भएको तीन मिनेटमै दुलहा र दुलहीको सम्बन्धविच्छेद भएको छ । इन्डिपेन्डेन्ट्स इन्डीको रिपोर्ट अनुसार, जब ती दुईले आधिकारिक रूपमा विवाह गरेर अदातलबाट बाहिर निस्कन फर्के । तर, त्यसैबेला  दुलही खुट्टा लडखडाएर लड्न पुगिन् ।   मेट्रो रिपोर्टका अनुसार बेहुलाले त्यसैबेला उनलाई ‘स्टुपिड’ भने । त्यो सुनेर  दुलही क्रोधित भइन् र न्यायाधीशलाई आफ्नो विवाह तुरुन्त रद्द गर्न आग्रह गरिन् ।

न्यायाधीशले तुरुन्तै उनकाे कुरामा सहमत भए र उनीहरूको विवाहको तीन मिनेटपछि नै सम्बन्धविच्छेदमा परिणत भयाे ।  यो देशको इतिहासमा सबैभन्दा छाेटाे अवधिकाे विवाह भएको बताइएको छ । सन् २०१९ मा भएको यो घटना सामाजिक सञ्जालमा अहिले फेरि भाइरल भइरहेको छ ।

प्रतिक्रिया