
प्रधानमन्त्री ओलीको निजी सचिवमा कुँवर
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव विनोदबहादुर कुँवर नियुक्त भएका छन् ।
निजी सचिवमा नियुक्त कुँवरले आइतबारदेखि नै कार्य सम्पादन सुरु गरिसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेसँगै उनको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भइसकेका छन् ।



कागजपत्र |
