
पन्छाइयो फिस्लिङको पहिरो, खुल्यो पृथ्वी राजमार्ग
चितवन – चितवनस्थित इच्छाकामना गाउँपालिका -६ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे खसेको पहिरो बिहान ८ बजे पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने थालिएको थियो ।
पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको थियो । राजमार्ग खुलेसँगै सवारी साधन आआफ्नो गन्तव्यतिर लागेका छन् ।



कागजपत्र |
