बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पनि दिए राजीनामा


हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्।

आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले आफूले आजै प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताए।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेश सभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन्।

यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पनि राजीनामा दिएका छन्।

महराले आज दिउँसो प्रदेश सभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन्।

प्रतिक्रिया