महिला एशिया कपमा भारतको लगातार दोस्रो जित


काठमाडौं – जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो। यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो।

भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ। युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो।

प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ।

प्रतिक्रिया